चिया कमानका श्रमिकहरूको निम्ति हामीले धेरै सोच्नु अनि काम गर्नुपर्छ :  विनय तामाङ

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले आज दार्जिलिङको ऋषिहाट चिया कमानको परिभ्रमण गरे। यस अवसरमा तिनले चिया बगानका श्रमिकहरुसित भेट घाट गरे साथै तिनीहरूको विविध समस्याहरूको बारेमा पनि चर्चा गरे। उक्त भेटघाट पछि पत्रकारहरूसितको कुराकानीमा विनय तामाङले भने, “यो भेटघाट सुनियोजित भेटघाट होइन। म कसैलाई थाहा नदिई आएको हुँ। यसरी मानिसहरूलाई अचानक भेट्दा असली कुरा थाहा पाउछौ। आज त्यस्तै भयो किनभने साधारण मानिसहरूको सोंचबारे मलाई जान्नु थियो। बाटोमा उभिएर नै गफ गर्यौं। तिनीहरूको गोर्खा जनमुक्ति मोर्चा प्रतिको सकारात्मक सोंच देखेर खुशी पनि लाग्यो तर श्रमिक हरूको समस्या सुन्दा म झन चिन्तित बनेका छु। हामीले आफ्नो घरलाई आफ्नै भरमा उभ्याउनु अझ धेरै काम गर्नु पर्छ। चिया बगानका श्रमिकहरूको निम्ति हामीले अझ धेरै सोच्नु अनि काम गर्नुपर्छ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *