चियाकमानको विभिन्न विषयबारे सिलगढीमा बैठक

सिलगढी : विवेकानन्द भवनको चिया निर्देशालय कार्यालयमा श्रम तथा कानुन मन्त्री मलय घटकको उपस्थितिमा आज चिया सल्लाहकार परिषदको बैठक सम्पन्न भयो। उक्त बैठकमा चियाकमानको विभिन्न विषयहरूबारे चर्चा परिचर्चा गरियो। बैठकमा पर्यटन मन्त्री गौतम देव, राज्यसभा सांसद शान्ता छेत्री लगायत अन्य अधिकारीहरू उपस्थित थिए। अर्कोतिर, पत्रकारहरूसित कुराकानी गर्दै पर्यटन मन्त्री गौतम देवले बैठकमा चियाकमानका श्रमिकहरूलाई विशेष ट्रेनिङ दिइने निर्णय लिएको बताए। उक्त ट्रेनिङ मालबजार र बिन्नागुड़ीमा गरिने भएको छ। चा सुन्दरीपरियोजना अन्तर्गत चियाश्रमिकहरूलाई स्थायी आवास  प्रदान गरिने भएको छ भने विभिन्न कमानहरूमा शिविरको आयोजना गरेर चियाश्रमिकलाई यसबारे जानकारी गराउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *