चियाकमानको नालीबाट मरेको चितुवा उद्धार

कालचिनी : कालचिनी ब्लकको भाटपाड़ा चियाकमानको नालीमा एउटा मरेको चितुवा उद्धार भएको छ। स्थानीय मानिसहरूले शनिबार अपरान्ह भाटपाड़ा चियाकमानको 28 नम्बर सेक्शनको नालीमा मरेको चितुवा देखेपछि यसबारे वन विभागलाई खबर दिए। खबर पाएर पाना रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर मरेको चितुवा उद्धार गरेर लगेको बताइएको छ। के कारणले गर्दा उक्त चितुवा मरेको भन्नेबारे जाँचपछि थाहा लाग्ने वन विभाग सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.