चिया कमानको समस्याबारे जोइन्ट फोरमको आन्दोलन शुरू

बानरहाट : श्रमिक संगठन जोइन्ट फ़ोरमले श्रमिकहरूको विभिन्न मागलाई लिएर आजदेखि आन्दोलन शुरू गरेको छ। यसै क्रममा डुवर्सको नगरकट्टा खण्ड अन्तर्गत पर्ने लुकसान चिया कमानमा आज गेट मीटिङ गरियो। यस अवसरमा श्रमिकहरूको दीर्घ दिनदेखिको माग न्यूनतम् मजदुरीबारेमा श्रमिक नेताहरूले आवाज उठाए। यसको साथै श्रमिकहरूले दीर्घ दिनदेखि आफुहरू बस्दै आइरहेको जमीनको मालिकाना हक नभएकोले गर्दा सरकारले यसबारेमा चाँड़ै पहल गरिनु पर्ने माग गरे। यसको साथै डुवर्स क्षेत्रमा हाल बन्द अवस्तामा रहेका चिया कमानहरू चाँड़ै खोलिनु पर्ने अनि दैनिक हाजिरा वृद्धि गरिनु पर्ने श्रमिकहरूले गेट मिटिङ अवधि माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *