चियाकमानमा चितुवाको बच्चा उद्धार

नक्सलबारी : नक्सलबरी खण्ड अन्तर्गत अटल संलग्न पहाड़गुमिया चियाकमानमा एउटा चितुवाको बच्चा उद्धार भएको छ। प्राप्त जानकारी अनुसार चिया श्रमिकहरूले आज चियाकमानमा उक्त चितुवाको बच्चा देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा वन विभागका वनकर्मीहरू घटनास्थल पुगेर उक्त चितुवाको बच्चालाई उद्धार गरेर लगे। उक्त चितुवाको बच्चालाई हेर्नको लागि चियाकमानमा मानिसहरूको निक्कै भीड देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *