चियाकमानमा दुईवटा बाइसन देखा परेपछि श्रमिकहरू आतङ्कित

बानरहाट: बानरहाट थाना अन्तर्गत रहेको रियाबाडी चियाबारीको 2 नम्बर सेक्सनमा आज बिहान दुईवटा बाइसन (जंगली भैसी) देखा पर्न साथ चिया श्रमिकहरुमा भयको माहौल देखा पऱ्यो। स्थानीय मानिसहरुले यसबारे बिन्नागढी वन्यजन्तु संरक्षण विभागका बन कर्मीहरुलाई खबर गर्नसाथ तिनीहरू घटना स्थलमा पुगेर बाइसनलाई जंगलमा खेदाउने अनेक प्रयास गरे तापनि बाइसन घरी कटहलगुढी त, कहिले रियाबाडी चियाबारीतिर कुद्न थालेकोले बन कर्मीहरूलाई धेरै असुविधा बन्न पुगेको देखियो। तथापि अथक प्रयास पछि अन्तमा बाइसनलाई नजिकैको रैती वनमा खेदाउन बन कर्मीहरु सफल भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *