चियाकमानमा रक्तदान शिविरको आयोजना

सिलगढी : रगतको कमीलाई ध्यानमा राखेर खोरीबारी ब्लकको थानझोडा तृणमूल कङ्ग्रेस बुथ युनिटको तर्फबाट आज चियाकमानमा रक्तदान शिविरको आयोजना गरियो। उत्तरबंग मेडिकल कलेजको रक्त विभागको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा महिला श्रमिक तथा युवाहरूले रक्तदान गरे। उक्त शिविरमा दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका महासचिव सुरजीत दास, बुढागञ्ज अञ्चल तृणमूल सभापति प्रदीप मिश्र, बुथ सभापति बुद्धदेव गुह लगायत अन्य उपस्थित थिए। आगामी दिनमा पनि रगतको कमी दूर गर्न यस प्रकारको शिविरको आयोजना गरिने सुरजीत दासले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *