चियाकमान नजिक कुवाबाट व्यक्तिको शव उद्धार

राजगञ्ज : चियाकमान नजिक रहेको कुवाबाट एकजना व्यक्तिको शव उद्धार भएको छ। उक्त घटना गत राति राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत बडोभिटा इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम लकिजउद्दीन अहमद बताइएको छ। तिनी बडोभिटा इलाका निवासी थिए। परिवार सूत्रले दिएको जानकारी अनुसार लकिजउद्दीन दिर्घदिनदेखि मानसिक रूपमा अस्वस्थ्य थिए। हिजो राति घरका सबैजना खाना खाएपछि सुतेका थियौँ। राति तिनी घरबाट बाहिर निस्केपछि छेउछाउमै घुमफिर गर्दा गर्दै सम्भवतः चिया कमान नजिक रहेको कुवामा डुबेको हुनसक्छ। घटनाबारे पुलिसलाई खबर दिएपछि राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढीमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *