चियाकमानमा थापेको खोरमा फस्यो चितुवा

अलिपुरद्वार : मदारीहाटको तुलसीपाडा चियाकमानमा वन विभागद्वारा थापेको खोरमा आज एउटा वयस्क चितुवा फसेको छ। सोमबार बिहान अलिपुरद्वार जिल्लाको मदारीहाट ब्लकको तुलसीपाडा चियाकमानको 2 र 3 नम्बर सेक्सनमाझबाट वन विभागद्वारा लगाइएको खोरमा उक्त चितुवा फसेको बताइएको छ। आज बिहान कमानमा काम गर्न जाँदा चियाश्रमिकहरूले खोरमा चितुवा फसेको देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर दक्षिण खयेरबारीमा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *