चियाको विरुवा उखेलेर फ्याँकीदिए अज्ञात व्यक्तिहरूले

राजगञ्ज : राजगञ्जको कालीनगरमा अँध्यारोको फाइदा उठाएर केही दुष्कृतिहरूले एकजना कृषकको 2 बीघा जमिनमा लगाएको चियाको बोट उखेलेर फ्याकिँदिएको घटना प्रकाशमा आएको छ। राजगञ्जको माझीयाली ग्राम पञ्चायतको कालीनगरमा कृषक नजेन रायले बताएअनुसार लगभग पाँच महिना अघि तिनले 2 बीघा जमिनमा चियाको विरुवा लगाएका थिए। तिनले आज बिहान अधिकांश चियाको बोट उखालेर फ्याँकिदिएको देखे। किन र कसले यस प्रकारको कार्य गर्यो भन्नेबारे आफू अनभिज्ञ रहेको तिनले बताए। यसबारे राजगञ्ज थानामा लिखित अभियोग दर्ता गरेको तिनले बताए। पुलिसलाई यस घटनाबारे जानकारी दिएर आरोपीविरुद्ध कानुनअनुसार कार्वाही गर्ने स्थानीय पञ्चायत सदस्यले बताए। घटनाको जाँच शुरू गरेको राजगञ्ज थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *