चियाको विरुवा लगाउनेहरूको पर्जा-पट्टा छैन तर पाँच तारा होटल बनाउनेहरूलाई कागज पत्र यो श्रमिकहरूमाथि अन्याय हो: डीके गुरूङ

दार्जिलिङ:  फुब्सेरिङ चिया कमानको 5 नम्बर कोपिला संघ भवनमा आज हाम्रो पार्टीको संगठनिक सभा सम्पन्न भयो। उक्त सभामा पार्टीका शीर्ष नेतृत्वहरूको विशेष उपस्थिति रहेको थियो भने हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल, तराई डुवर्स चिया कमान श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ पनि विशेष रूपमा उपस्थित थिए। उक्त सभालाई सम्बोधन गर्दै तिनले पार्टीको जन्म नभई दार्जिलिङ नगरपालिकाको चुनाउमा व्यापक जीत हासिल गर्ने हाम्रो पार्टीले जीटीएको चुनाउ भए अवश्य जीत हासिल गर्ने ठोकुवा गरे। तिनले अझ भने, यो माटोमा चियाको विरुवा लगाउनेहरूको घर जमीनहरूको पर्जा-पट्टा छैन तर चियाको बुट्टा कहिले नदेख्नेहरूलाई होटलहरूको निर्माण गर्न जमीनको कागज पत्रहरू दिँदछ यो कस्तो अन्याय हो भन्दै प्रश्न तेर्साए।  यो चियाको विरुवाहरू हाम्रो पिता पुर्खाहरूले लगाएको हो। यो माटोमा हाम्रो पिता पुर्खाहरूको रगत पसिना अझ पनि गनाउँछ तर यो भूमिमा हाम्रो घर जमीनको पर्जा-पट्टा नहुनु यो भन्दा ठुलो दुर्भाग्य अरू के हुन सक्छ। पहाडको राजनैतिक दलहरूले चिया श्रमिकहरूलाई जहिले पनि लट्ट्याउने, छक्काउने कामहरू गर्दै आइरहेको छ। सन् 1986 को गोर्खाल्याण्ड आन्दोलनमा प्राण गुमाउनेहरू चिया श्रमिकहरू नै थिए। चालिस दिनको बन्दमा सुक्का रोटी खाएर नारा बाजी गर्नेहरू चिया श्रमिकहरू नै थिए तर 1988 सालमा जब दार्जिलिङ गोर्खा पार्वतीय परिषदको गठन भयो, त्यसमा चिया श्रमिकहरूको पक्षमा राम्रो कुरा केही थिएन। त्यसैगरी, सन् 2007 मा अर्को आन्दोलन भयो अनि 2011 सालमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको गठन भयो तर अफसोस् त्यसमा पनि चिया श्रमिकहरूको लागि लाभदायक केही छैन। आन्दोलनको नाममा 105 दिन पहाड बन्द भयो, त्यस्तो अवस्थामा पनि चिया श्रमिकहरू सडकमा ओर्लिएकै हो तर चिया श्रमिकहरूको पक्षमा राम्रो सोच बनाउने आजसम्म पहाडमा कुनै राजनैतिक दलको जन्म भएको थिएन। चिया श्रमिकहरूको सोचनीय अवस्थादेखि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड जहिले पनि चिन्तित रहने गर्छन् त्यसैकारण तिनको पिता पुर्खादेखि जोगाएर राखेको धन सम्पति चिया श्रमिकहरूको हितमा खर्च गर्दैछन्। यस्तो नेता हामीले अहिलेसम्म पाएका थिएनौँ अनि भविष्यमा पनि पाउँदैनौ। अजय एडवार्ड कुनै सरकारी चौकीमा छैन तर पनि तिनले जनताको हितमा काम गर्दै आइरहेको छ। पिता पुर्खाले राखेको ढुकुटी रिताउँदै आइरहेको छ। हाम्रो सुन्दर भविष्यको निम्ति तपाईँ हामीले हाम्रो पार्टीको हात दह्रिलो बनाउनु पर्छ, अजय एडवार्डको हात दह्रिलो बनाउनु पर्छ भन्दै डीके गुरूङले उपस्थित भीडलाई आहवान पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *