च्याँगा बस्तीमा नयाँ नेपाली म्युजिक भीडियो चार तर्फी माया-को लोकार्पण

मिरिक : मिरिक महकुमाको च्याँगा बस्तीमा आज नयाँ नेपाली म्युजिक भीडियो चार तर्फी माया-को एउटा समारोहबीच विधिवत् लोकार्पण गरियो। समाजसेवी लालबहादुर कटुवालको अध्यक्षतामा सम्पन्न समारोहलाई चन्दन शर्माले सञ्चालन गरेका थिए। अनलाइन फेसबुक च्यानल लोहागढ टाइम्सको सौजन्य अनि विमल सन्यासीको शब्द, स्वर रहेको यस म्युजिक भिडियोमा संगीत ध्रुब आचार्यको रहेको छ। म्युजिक भीडियोमा स्थानीय च्याँगा बस्तीका कलाकारहरूले अभियन गरेका छन्। यस म्युजिक भीडियोको प्रोड्युसर सन्तोष सुब्बा, बिन्द्रकुमार प्रधान र अजित जिम्बा रहेका छन्। आजको समारोहमा समारोह अध्यक्ष लालबहादुर कटुवालले युट्युबमा बटन दबाएर औपचारिक लोकार्पण गरे। समारोहलाई स्थानीय समाजसेवी कुम्भ तामाङ, बिन्द्रकुमार प्रधान र ध्रुब आचार्यले सम्बोन्धन गर्दै यो दिन च्याँगा बस्तीको निम्ति ऐतिहासिक दिन रहेको बताए। अब च्याँगा बस्तीलाई काम गर्ने बस्तीको रूपमा मात्र होइन तर चार तर्फी माया निस्केको ठाउँ भनेर चिनोस् भनी तिनले बताए। विमल सन्यासीले आफूलाई यो म्युजिक भीडियो तयार गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याएका सबैलाई हार्दिक आभार व्यक्त गरे। यो आफ्नो पहिलो प्रयास रहेको बताउँदै अब आउने दिनमा च्याँगा वस्ती विषयमा एउटा डकुमेन्ट्री फिल्म तयार गर्ने उद्देश्य रहेको तिनले बताए। सबैलाई युट्युबमा उक्त भीडियो हेरिदिने तिनले  अनुरोध पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes