च्याँगा बस्तीमा बाघको हमलामा महिला घाइते

मिरिक : मिरिक महकुमा अन्तर्गत पर्ने तराईको च्याँगा बस्तीमा आज बिहान एकजना महिलालाई बाघले हमला गर्दा तिनी घाइते भएकी छन्। प्राप्त जानकारी अनुसार च्याँगा बस्तीका तिर्थमाया छेत्री आज बिहान आफ्नो बारीको घास काट्न जाँदा बाघले तिनीमाथि आक्रमण गरे तापनि तिनी भाग्यले बाँचिन्। तिनलाई घाइते अवस्थामा पानीघट्टा वन विभागका कर्मीहरूले घटनास्थलबाट उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *