च्यागाँ बस्तीमा हात्तीले भत्काइ दियो दोकान

मिरिक: तराईको च्यागाँ बस्तीमा फेरि पनि जंगली हात्तीले ताण्डव मच्चायो। मिरिक महकुमा अन्तर्गत पर्ने च्यागाँ बस्तीमा गत राति जंगली हात्तीले कृष्ण प्रधानको दोकानलाई भत्काइ दिएको छ। लकडाउनको समय दोकानमा ब्रिक्रीबट्टा कम्ती भएको बेला हात्तीले यसरी उत्पात मचाइ दिएकोमा पीडित कृष्ण प्रधानले आफु धेरै दुःखित भएको बताए। च्याँगा बस्तीमा फेरि जंगली हात्तीको आतंक बढेकोले बस्तीका मानिसहरु अधिक चिन्तामा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *