चियापत्ती बोकेको कन्टेनरबाट गाँजा उद्धार, चालक पक्राउ

फाँसीदेवा : चियापत्ती बोकेको कन्टेनरमा गाँजा तस्करी गरिरहेको आरोपमा फाँसीदेवा थाना पुलिसले चालकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका चालक मालदाको चाचल निवासी विपुल दासको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा फाँसीदेवा थाना पुलिसले झमकलालजोत संलग्न टिस्टा क्यानलमा नाका चेकिङ अभियान चलाइरहेको समय असमबाट कोलकातातर्फ गइरहेको एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा 23 केजी गाँजा उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले कन्टेनरका चालकलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.