चियापत्ती बोकेको ट्रक पल्टिँदा तीनजना घाइते

राजगञ्ज : राजगञ्जको सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको गन्डारमोड इलाकामा आज बिहानै समान बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टिँदा 3 जना घाइते भएका छन्। वाहन चालक इरफान अलीले बताएअनुसार गुवाहाटीबाट चियापत्ती बोकेर सिलगढीतर्फ आइरहेको समय गन्डारमोड इलाकामा टर्निङ काट्दा अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा वाहनमा सवार तीनैजना घाइते भएका छन्। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *