चिया प्रबन्धकले मनमानी गरेर नियुक्ति गरेपछि अनशनमा बसेका व्यक्तिको अवस्था चिन्ताजनक

बानरहाट : चियाबारीमा स्टाफको रिक्त पदको नियुक्ति प्रक्रियामा प्रबन्धकले मनमानी गरेको आरोप लगाउँदै गत 3 जनवरीदेखि आमरण अनशनमा बसेका छन्। लगातार तीनदिन देखि आमरण अनसनमा रहेको कारण तिनको अवस्था चिन्ताजनक बन्दै गइरहेको छ। तिनको यस्तो अवस्थामा पनि प्रबन्धकले कुनै चासो नलिएको परिवार पक्षको आरोप रहेको छ। यता यस विषयलाई लिएर श्रमिक संगठनका नेताहरूले आज चियाबारी प्रबन्धकसँग भेट गरे। स्मरण रहोस्, न्यु डुवर्स चियाबारीमा प्रबन्धकले अफिस स्टाफको निम्ति जारी गरेको रिक्त पदमा मनमानी गरेर दुईजनालाई नियुक्त गरेको आरोप रहेको छ। यसको प्रतिवाद जनाउँदै मञ्जित कामी गत तीन दिनदेखि अनशनमा बसेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *