चियाश्रमिकहरूको आधार कार्ड संशोधन शिविर

कालचिनी : प्रोभिडेन्ट फन्ड कार्यालयले चियाकमानका श्रमिकहरूको आधार कार्ड संशोधन गर्ने पहल शुरू गरेको छ। आज कालचिनी ब्लकको सातली चियाकमानमा  प्रोभिडेन्ट फन्ड कार्यालयको तर्फबाट एउटा शिविरको आयोजना गरियो। उक्त शिविरमा सातली चियाकमानका चियाश्रमिकहरूले आफ्नो आधार कार्ड संशोधन गरे। आउँदो दिनहरूमा अन्य चियाकमानमा पनि आधार कार्ड संशोधन शिविरको आयोजना गरिने बताइएको छ। उक्त शिविरमा आधार कार्ड कार्यालयका अधिकारीहरूलगायत प्रोभिडेन्ट फन्ड कार्यालयका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *