चियाश्रमिकहरूको लागि निःशुल्क अक्सिजन कन्सनट्रेटर प्रदान

जलपाईगढी : कोरोना महामारीको समयमा चियाकमानका श्रमिकहरूलाई अक्सिजन परिसेवा प्रदान गर्नको लागि जलपाईगढी जिल्ला लघु चिया श्रमिक समिति अघि आएको छ। प्राप्त जानकारीअनुसार एउटा गैर सरकारी संस्थाको सहयोगितामा उक्त पहल गरिएको हो। जलपाईगढी जिल्लाको मङ्गलबारी हेल्थ सेन्टर, मालबजारको एसडीओ, मयनागढी बीडीओ र सदर ब्लकको लागि मोठ 4 वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरियो। निःशुल्क अक्सिजन कन्सनट्रेटर परिसेवाको लागि दिएको नम्बरमा सम्पर्क गर्न सक्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *