चियाश्रमिकहरूको पर्जापट्टा अनि न्यूनतम रोज वृद्धिबारे मुख्यमन्त्रीलाई अनित थापाद्वारा पत्राचार

खरसाङ: चिया श्रमिकहरूलाई न्यूनतम रोज अनि श्रमिकहरूले पुस्तौँदेखि बस्दै आइरहेको आफ्नो जमिनको मालिकनामा हक अर्थात् पर्जापट्टा पाउनुपर्छ भन्ने मागमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। आज यसबारे एक विज्ञप्ति जारी गरेर स्वयम् थापाले जानकारी दिएका छन्। तिनले जारी गरेको विज्ञप्तिमा जनाए अनुसार बंगालमा चिया श्रमिकहरुको न्यूनतम ज्याला बढ़ाइनु पर्छ भन्ने माग दीर्घकालीन हो, यसै मागको सन्दर्भमा गत 8 वर्ष अघि राज्य सरकारले मिनिमम वेजेस एडभाइजारी कमिटी गठन गरेको थियो तर पनि चिया श्रमिकहरुको दीर्घकालीन मागमाथि कुनै कार्य हुन सकेन।

वर्तमान चिया श्रमिकले पाउने दैनिक ज्याला हो केवल 202 रूपियाँ। आजको महँगाइमा यति थोरै आम्दानीले घर चलाउनु हरेक श्रमिकलाई गाह्रो पर्छ। त्यसरी नै पुर्खौदेखि बसेर आएको कमानवासीले आजसम्म आफू बसेको घरसम्म आफ्नो भन्न सकेका छैनन्। चिया कमानमा आज पनि श्रमिकहरुको आफ्नो नाममा जमीन छैन। तिनीहरूले बस्दै गरेको जमिन तिनीहरू कै नाममा गरिनु पर्छ भन्ने माग पनि धेरै लामो समयदेखि चल्दै आइरहेको छ। यी दुई विषयलाई लिएर आज मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको कुरा विज्ञप्तिमा अनित थापाले बताएका छन्। चिया श्रमिकहरूको पक्षमा मुख्यमन्त्रीलाई अपिल गर्दै चिया श्रमिकहरुको न्यूनतम ज्यालामा वृद्धि भएको हुनुपर्छ। दोस्रो, सरकारले कमानवासीलाई आफू बसेको जमीनको टाइटल अधिकार दिनुपर्छ भनी माग गरेका छन्। चिया कमानका वासिन्दाहरु कमानमा सयौं वर्षदेखि बसेर चिया उद्योगलाई टेवा पुर्याउँदै आइरहेका छन्। आफ्नो जमिनको अधिकार माग्नु न्यायोचित छ भन्ने कुरा समेत पत्रमा जनाएको तिनले बताएका छन्। यसको साथै मुख्यमन्त्रीले यस मुद्दालाई अवश्य नै गम्भीरतापूर्वक लिएर यस दिशामा कार्वाही गर्नेछन् भनी आशा पनि तिनले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes