चियाश्रमिकहरूको समस्या लिएर डुवर्सको संकोश चियाकमानबाट तृणमूल-को पदयात्रा शुरू

अलिपुरद्वार : पञ्चायत चुनाउ अघि तृणमूल कङ्ग्रेसले चियाकमानका श्रमिकहरूको मन जित्न कम्मर कसेर मैदानमा ओर्लिएको छ। तृणमूल चियाकमान श्रमिक युनियनले चियाकमानका श्रमिकहरूको प्रोभिडेन्ट फन्ड, ग्य्राच्युटीको समस्यालाई लिएर आजदेखि अलिपुरद्वार जिल्लाको संकोश चियाकमान र जलपाईगढी जिल्लाको एलेनबारीबाट पदयात्रा शुरू गरेको छ। आज बिहान अलिपुरद्वार जिल्लाको संकोश चियाकमानबाट पदयात्रा शुरू गरियो। उक्त पदयात्रामा मन्त्री बुलु चिकबराइक, तृणमूल चियाकमान श्रमिक युनियनका केन्द्रीय सभापति वीरेन्द्र बारा, तृणमूल जिल्ला सभापति प्रकाश चिकबराइक लगायत तृणमूलका नेतृत्वहरू उपस्थित थिए। पाँचदिने उक्त पदयात्रा डुवर्सको विभिन्न इलाका हुँदै आगामी 13 दिसम्बरमा जलपाईगढी पुगेर प्रोभिडेन्ट फन्ड कार्यालय घेराउ गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *