चियाश्रमिकहरूलाई लकडाउन अवधि 18 दिनको सहुलियत दिनुपर्ने जाप-को माग

मिरिक : लकडाउनको समयमा दार्जिलिङ पहाडको चियाकमानमा काम गर्ने  श्रमिकवर्गको निम्ति विभिन्न सहुलियत जस्तै दैनिक हाजिरा, राशिपानी तथा  अन्य सहुलियत मालिकपक्षले काटनु पाउँदैन भन्दै राज्य सरकार अनि केन्द्र सरकारले अध्यादेश जारी गरे तापनि श्रमिकवर्गले ती सहुलियतहरू आजसम्म नपाएको जन अन्दोलन पार्टीको श्रमिक संगठनले दावी गरेको छ। जापको श्रमिक संगठन दार्जिलिङ जिल्ला चिया सिन्कोना जन श्रमिक संगठन”-को  दार्जिलिङ जिल्ला समिति अध्यक्ष आरसी गिरीले प्रथम लकडाउनको समयमा 18 दिन चियाकमानमा पनि लकडाउन गरेको थियो। लकडाउन भएको पाँच महिना बितिसक्दा पनि आजसम्म 18 दिनको सहुलियत मालिकपक्षले मजदुरवर्गलाई  प्रदान नगर्नु मालिकपक्षको लापर्वाही रहेको तिनले आरोप लगाए। तिनले अझ भने, केन्द्र अनि राज्य सरकारले मालिक पक्षलाई दबाब दिएको हुनपर्छ। कोरोना महामारीको समयमा चियाकमानमा खटिखाने चियाश्रमिकहरूको अवस्था लकडाउनको पाँच महिनाको अवधिमा अझ सोचनीय बनेकोले जीटीएले राहत कोष तयार गरी संग्रह गरेको अढाई करोड रुपियाँ श्रमिकहरूलाई दियोस न नदियोस् जाप-लाई फरक नपर्ने तर ती राहत कोषभन्दा ठुलो श्रमिकहरूले पाउन पर्ने 18 दिनको सहुलियत भने केन्द्र राज्य सरकारले मालिकपक्षबाट झिकाएर  चाँडोभन्दा चाँडो प्रदान गर्ने तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *