चियाश्रमिकहरूलाई पीएफ दिइनुपर्ने मागमा आईएनटीटीयुसी-द्वारा र्‍याली निकालिइने

सिलगढी चियाकमानका श्रमिकहरूलाई पीएफ दिइनुपर्ने मागमा आईएनटीटीयुसी-ले आगामी 9 देखि 13 दिसम्बरसम्म  र्‍यालीको आयोजना गर्ने भएको छ। यस अवधि तृणमूल श्रमिक संगठनले विभिन्न चियाकमानहरूमा सभा तथा र्‍याली निकाल्ने भएको छ। र्‍यालीको शुरुआत अलिपुरद्वार जिल्लाबाट राज्यका श्रम मन्त्री मलय घटकले गर्नेछन्। आज सर्किट हाउसमा श्रम मन्त्री मलय घटकको उपस्थितिमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आईएनटीटीयुसी-का राज्य अध्यक्ष रीताब्रता ब्यानर्जीले यसबारे जानकारी दिए। रीताब्रता ब्यानर्जीले बताएअनुसार चियाकमानका श्रमिकहरूलाई पीएफ दिनुपर्ने मागमा आगामी  9 दिसम्बरमा र्‍याली निकालिइने भएको छ भने उक्त र्‍यालीको अलिपुरद्वारबाट राज्यका श्रम मन्त्री मलय घटकले गर्नेछन्। उक्त र्‍याली 13 दिसम्बरमा  जलपाईगढी पीएफ कार्यालय अघि पुगेर समापन गरिनेछ भने पीएफ अधिकारीलाई एउटा ज्ञापन पत्र पनि सुम्पिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *