चिया श्रमिकहरूले गरे घण्टौंसम्म राजमार्ग अवरोध

रेड ब्याङ्क : हाल बन्द अवस्थामा रहेको चियाबारी खोलिनु पर्ने लगायत जङ्गली जानवरहरूको बढ़्दो आक्रमणलाई ध्यानमा राखेर कमानको जङ्गल सफाई गर्नु पर्ने मागमा आज डुवर्सको रेड ब्याङ्क चियाबारीका श्रमिकहरूले यहाँको राष्ट्रीय राजमार्ग घण्टौं समयसम्म अवरोध गरेर प्रदर्शनी गरे। यस अवसरमा घटनास्थलमा आइपुगेको प्रशासनिक अधिकारीहरूले प्रदर्शनकारीहरूसित बारम्बार पथ अवरोध हटाउने अपिल गर्दै बन्द कमान खोल्नेबारे कुराकानी भइरहेको बताए।


 

अर्कोतिर, प्रदर्शनकारीहरूले चाँड़ै बन्द कमान खोल्नु पर्ने तथा चियाकमान ढ़ाकेको जङ्गल फाँड़ेर जङ्गली जानवरहरूबाट श्रमिकहरूलाई सुरक्षा प्रदान गर्नु पर्ने माग गरे। उक्त पथ अवरोधले गर्दा यस राष्ट्रिय राजमार्ग भएर आवत-जावत गर्ने वाहनहरू घण्टौँसम्म जाममा परेको देखियो भने वाहनमा सवार यात्रुहरूले पनि समस्याको सामना गर्न पर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *