चिया श्रमिक, स्टाफ र सव-स्टाफहरूको वेतन बढोत्तरी 27 होइन 36 महिनाको हुनुपर्छ: डीटीडीपीएलयु खरसाङ महकुमा

खरसाङ: गोजमुमो बिनय अनित समर्थित श्रमिक संगठन डीटीडीपीएलयु-को खरसाङ महकुमा समिति सभापति प्रणाम रसाइली अनि महासचिव सागर गुरुङले आज खरसाङमा पत्रकार सम्मेलन गरेर चियाबारीका स्टाफ र सव स्टाफहरुको वेतन विषयमा जानकारी गराए। पत्रकारहरूसित बोल्दै डीटीडीपीएलयु-को खरसाङ महकुमा समिति सभापति प्रणाम रसाइलीले  चियाबारी श्रमिक, स्टाफ र सव स्टाफहरूको वेतन बढोत्तरीको लागि अप्रेल 2020 देखि नै लागु गरिनु पर्ने र 27 महिनाको होइन तर 36 महिनाको नै चाहिन्छ भनी माग गरेका छन्। तिनले विगत 23 दिसम्बरको दिन कोलकोतामा सीसीपीए, सरकार र युनियनमाझ बसेको महत्त्वपूर्ण सभाले स्टाफ र सव स्टाफहरूको वेतन बढोत्तरीको लागि 1 जनवरी 2021 देखि एग्रिमेन्ट लागु गरिनु पर्ने भनेको थियो तर हाम्रो माग यो एग्रिमेन्ट विगत अप्रेल 2020 देखि नै लागु हुनुपर्छ र निम्नतम् रोजगार अधिनियम लागु हुनु अघि तीन वर्षको एग्रिमेन्ट सुचारु रुपमा लागु गराउन र यो 27 महिनाको होइन तर 36 महिनाको लागि नै लागु हुनपर्ने माग गरिएको र यो विगत अप्रेल 2020 देखि नै लागि हुनुपर्ने माग रहेको डीटीडीपीएलयु खरसाङ महकुमा सभापति प्रणाम रसाईलीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *