चियाश्रमिक तथा स्टाफहरूलाई मास्क वितरण

सुकेपोखरी : सेलेम्बोङ गोर्खा स्पोर्टिङ क्लब तथा फ्रेण्ड्स अफ् ट्री एनजीओ मिरिकको संयुक्त पहलमा चियाबारीका सम्पूर्ण श्रमिक एवम् कर्मचारीहरूलाई एन95 मास्क वितरण गरियो। हाल कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर उक्त अभियान चलाइएको बताइएको छ। यस अवसरमा एनजीओ मिरिकका कर्मा शेर्पा, विनय तामाङ, सेलेम्बोङ जीएससी-का सभापति राम थापा, सचिव विजय प्रधान, सविन बराईली, नीमाछिरिङ लामा, तामछिरिङ लेप्चा, यवन घतानी, अरूण प्रधान, सहप्रबन्धक अविनाश राई तथा अन्य उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *