च्याऊ खेतीबारे खरसाङमा मानिसहरूलाई प्रशिक्षण दिइने

खरसाङ (निसं) : जीटीएको हर्टिकल्चर विभागको आयोजनामा च्याऊ खेती विषयमा प्रशिक्षण गरिने भएको छ। आज यस विषयमा खरसाङको गिद्ध पहाड़स्थित जीटीए-को सचिवालयमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीको उपस्थितिमा एउटा सभा सम्पन्न गरियो। उक्त सभामा मानिसहरूलाई विभिन्न क्षेत्रहरूमा स्वनिर्भर बनाउनको लागि कार्य गरिने र यसको लागि विभिन्न विषयमा ट्रेनिङ गराउने निर्णय लिएको छ। यस अन्तर्गत च्याऊ खेती, अचार बनाउन, ट्रेलरिङ लगायत विभिन्न विषयमा ट्रेनिङ गराउने बारे चर्चा-परिचर्चा गरिएको छ। यसै अन्तर्गत आगामी 16 दिसम्बरको दिन गिद्ध पहाड़स्थित जीटीएको सचिवालयमा च्याऊ खेतीमा ट्रेनिङ गराउने भएको छ। उक्त विषयमा जीटीए हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *