चोपड़ाको खुनिया गाउँमा गत राति फायरिङ

चोपड़ा: चोपड़ा विधानसभा क्षेत्रको खुनिया गाउँमा गत राति अन्ध्यारोमा अज्ञात व्याक्तिहरूद्वारा गोलीबारी भएको घटना प्रकाशमा आएको छ। स्थानीय गाउँलेहरूले बताए अनुसार गत राति खुनिया गाउँमा केही बदमाशहरू बाइकमा सवार भएर गाउँमा पसे अनि केही राउन्ड फायरिङ गरेर फर्किए। ती बदमाशहरूले विशेष एउटा घरलाई तारो बनाएर फायरिङ गरेको साथै गोली लागेर उक्त घरको दैलोमा प्वाल परेको बताइएको छ। उक्त घटनालाई लिएर गाउँलेहरूले क्षोभ प्रकट गरेका छन्। घटनाको खबर पाउन साथ चोपड़ा थानाको आईसीसहित पुलिस अधिकारीहरू घटनास्थलमा पुगेका थिए। घटनास्थलबाट पुलिसले गोलीको सेल केसिङ पनि उद्धार गरेको छ। तथापि उक्त फायरिङ कसले गरेको हो भन्नेबारे थाहा नभएकोले गर्दा पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *