छोरा-बुहारीबाट पीडित वृद्ध बाबुद्वारा एसडीओसमक्ष न्यायको गुहार

सिलगढी सिलगढी नगरनिगमको 25 नम्बर वार्डस्थित न्यु मिलनपल्ली इलाका निवासी 70 वर्षीय वृद्ध सहदेव घोषले आफ्नो छोराको अत्याचार सहन गर्न नसकेपछि अन्तमा आज सिलगढी एसडीओसित भेट गरेर आफू न्याय दिने अथवा इच्छा मृत्युको माग गरेका छन्। वृद्धको गुनासो विस्तृतमा सुनेपछि एसडीओले यसको जाँचमा शुरू गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको न्यु मिलनपल्ली निवासी सहदेव घोषको एकजना छोरी र दुईवटा छोरा छन्। तिनले एउटा पान दोकान चलाएर आफ्नो यी तीनैजनाको पालन पोषण गरेका थिए। तिनीहरू ठुलो भएपछि आफ्नो बुढेसकालको सहारा बन्ने तिनले ठुलो आशा गरे तापनि हाल सम्पतिको लोभमा ठुलो छोराले तिनीमाथि अत्याचार गर्ने गरेको वृद्धाको आरोप रहेको छ। स्वास्नीको एक वर्ष अघि मृत्यु भएपछि सानो छोरा बासु देव घोषले तिनको हेरचाह गरिरहेका छन्। पीडित वृद्ध सहदेव घोषले बताएअनुसार न्यु मिलनपल्ली इलाकामा तिनको 4 कट्टा जमीन रहेको छ भने उक्त जमिनलाई लिएर तिनको ठुलो छोरा जयदेव घोष र बुहारी झरना घोषले लगातार तिनीमाथि अत्याचार गर्दै आइरहेको आरोप रहेको छ। यसैले तिनले आज एसडीओसित भेट गरेर आफूलाई न्याय दिने नत्र इच्छा मृत्युको माग गरेपछि एसडीओले तिनलाई न्याय दिलाउने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *