छोराको जन्मदिनमा स्कुलका विद्यार्थीहरूलाई खुवाए भोजन

जलपाईगढी : जन्म दिनको अवसरमा मानिसहरूले घर अथवा विभिन्न होटल, रेस्टुराहरूतिर केक काटेर परिवारका सदस्य तथा आफन्तहरूसित जन्मदिन मनाउने परम्परा वर्तमान समयमा चल्दैआइरहेको छ। तर जलपाईगढीको पान्डापाड़ा निवासी कौशिक दत्तले भने आफ्नो छोराको जन्मदिन भिन्नै प्रकारले मनाए। कौशिक दत्त एकजना शिक्षक हुन्। कौशिकको छोरा रुतिमानको गत 28 फरवरीको दिनमै जन्मदिन रहे तापनि तिनले आज दिउँसो जलपाईगढीको जयन्तीपाड़ास्थित शिशु श्रमिक विद्यालयका विद्यार्थीहरूसित छोराको जन्मदिन मनाए। यसको साथै स्कुलका विद्यार्थीहरूलाई दिउँसोको भोजन पनि खुवाए। तिनको उक्त पहलले स्कुलका शिक्षका-शिक्षिकाहरू निक्कै खुशी भएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *