छोराको जन्मदिनमा व्यवसायीहरूलाई माक्स र चकलेट प्रदान

सिलगढी : सिलगढी नगरनिगमको 34 नम्बर वार्ड निवासील प्रवीर सिंहले आज हैदरपाडा बजारका व्यवसायीहरूलाई चकलेट र माक्स प्रदान गरेर छोराको जन्मदिन पालन गरे। प्रत्येक वर्ष छोरा मयङ्कको जन्मदिन परिवारका सदस्यहरूसित मनाउने गरे तापनि यस वर्ष भिन्नै प्रकारको मनाउने उद्देश्य लिएर आज सिलगढीको हैदरपाडा बजारका व्यवसायीहरूलाई चकलेट र माक्स वितरण गरेको तिनले बताए। यसको साथै बजारमा रहेका एकजना वृद्धालाई पनि नयाँ लुगाफाटा पनि प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *