छोरालाई आत्महत्या गर्न बाध्य गराउनेहरूविरुद्ध कार्वाही गरिनुपर्ने आमाको माग

सिलगढी : छोरालाई आत्महत्या गर्न बाध्य गराएको आरोप लगाउँदै आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने मागलाई लिएर एउटी असहाय आमाले पुलिस समक्ष गुहार लगाएकी छन्। मृतक युवक अम्बिकानगर निवासी 16 वर्षीय रूपक गुह रायको रूपमा चिन्हित गरिएको छ। मृतकको आमाले बताएअनुसार गत 22 जुलाईको दिन साथीहरूसित बसेर गफ गरिरहेको समय दिल्लगी गर्दा छिमेकीको टिनले बारेको सिमानामा रूपक लड्दा उक्त टीनको बेरा भत्केको थियो। यसपछि केही स्थानीय युवाहरूले तिनलाई कुटपीट गर्नको साथै सबैको सामु अपमानित गरेपछि तिनले अपमान सहन गर्न नसकेर आत्महत्या गरेको मृतकको आमाको आरोप रहेको छ। उक्त दोषीहरूलाई सजाय दिनुपर्ने माग गर्दै मृतक युवकको आमा मिनती गुह रायले पुलिस समक्ष गुहार लगाइन्। उक्त घटनाको एक महिना बितिसक्दा पनि पुलिसले आरोपीहरूविरुद्ध कुनै कार्वाही नगरेको तिनले आरोप लगाएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *