छोरा तैमुरलाई लिएर दार्जिलिङ आइपुगे बलिउडका अभिनेता सैफ अली खान

दार्जिलिङ : बलिउडका अभिनेता सैफ अली खान आज आफ्नो ठुलो छोरा तैमुरलाई साथमा लिएर दार्जिलिङ आइपुगे। तिनी आज विमान मार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै दार्जिलिङतर्फ प्रस्थान गरे। दार्जिलिङ पहाडमा लगभग 4-5 दिन घुमेपछि तिनी मुम्बई फर्किने थाहा लागेको छ। तथापि, तिनको स्वास्नी करीना कपुरको वेब सीरिजको सुटिङमा भने तिनले अंश ग्रहण नगर्ने साथै तिनी विशेष दार्जिलिङ पहाडमा घुम्नको लागि आएको बताइएको छ। स्मरण रहोस्, केही दिन अघि वेब सीरिजको सुटिङ गर्नको तिनकी स्वास्नी करिना कपुर दार्जिलिङ पहाडमा आएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *