चोरहरूले कर्मचारीलाई बाँधेर दोकानमा चोरी

राजगञ्ज : सिलगढी संलग्न फुलबारी इलाकामा चोरी गर्न आएका चोरहरूले दोकानका कर्मचारीलाई बाँधेर कुटपीट गरेको घटनाले इलाकामा सनसनी मच्चियो। उक्त दोकानका मालिक नागराज भदानीले बताएअनुसार कर्मचारी नानुराम शर्मा दोकानमा सुतिरहेको समय लगभग तीन बजी 3 जना दुष्कृतिले दोकानको पछिल्तिरको दैलो भत्काएर दोकानभित्र प्रवेश गरेर कर्मचारीको हात खुट्टा बाँधेर कुटपीट गर्नको साथै नगद राशि 3,500 रुपियाँ लिएर चम्पट कसेको बताइएको छ। आज बिहान स्थानीय व्यवसायीहरूले उक्त दोकानका कर्मचारीलाई बन्धन मुक्त गर्नको साथै घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै  मामिलाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *