चोरी भएको स्कूटी सहित एकजना पक्राउ

सिलगढी, 26 दिसम्बर: पानीट्याङ्की थाना पुलिसले आठ दिनको अवधिमा चोरी भएको स्कूटी सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम शुभ्रनील घोष (24) रहेको छ। पुलिस सूत्र अनुसार शुभ्रनील घोष नशाको लतमा परेका छन्। यो लतको कारणले गत 15 दिसम्बरमा तिनले दिपेश चन्द्र प्रधान नामक व्यक्तिको स्कूटी चोरी गरेर सिलगढी हाकिमपाडा क्षेत्रको एउटा सुनसान स्थानमा लुकाएर राखेको थियो। आरोपीले स्कूटीलाई बेच्ने योजना बनाइरहेको थियो। यता, जाँचमा जुटेको पुलिसले खोजी अभियान चलाएर हिजो राति चोरी भएको स्कूटीसहित चोरलाई पक्राउ गर्यो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। अर्कोतिर, चोरी भएको स्कूटी फिर्ता पाएकोमा दिपेश चन्द्र प्रधानले पुलिसलाई विशेष धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *