चोरी भएको 24 घण्टाको अवधिमै समान सहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको मतिगढा थाना पुलिसले चोरी भएको 24 घण्टाको अवधिमै चोरी गरेको समान सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मतिगढा निवासी सञ्जय मण्डलको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिजो बिहान मतिगढा थाना अन्तर्गत आलम इन्टर प्राइस नाम गरेको एउटा संस्थानमा चोरी भएको थियो। यसबारे मतिगढा थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 24 घण्टाको अवधिमै चोरी भएको समान सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *