चोरी भएको 24 घण्टाको अवधिमै चोरी गरेको समान सहित एकजना पक्राउ

सिलगढी : हार्डवेयर दोकानमा चोरी भएको 24 घण्टाको अवधिमै भक्ति नगर थाना पुलिसले चोरी गरेको समान सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक दिपङ्कर राय उर्फ गुस्टीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार  गत 3 दिसम्बरमा भक्ति नगर थाना अतर्गत राय कोलनी इलाकाको एउटा हार्डवेयर दोकानको टीनको छाना काटेर चोरी गरेको थियो। घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको 24 घण्टाको अवधिमै सिलगढीको 42 नम्बर वार्डको फौजी मार्ट इलाकाबाट दीपङ्कर रायलाई पक्राउ गरेर सोधखोज गर्दा चोरी गरेको समानहरू उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *