चोरी भएको 6 घण्टाको अवधिमै दुईजना चोर पक्राउ

सिलगढी : चोरीको मामिलामा सिलगढी मेट्रोपलिटन पुलिसको भक्ति नगर थाना पुलिसले एकपल्ट फेरि ठुलो सफलता पाएको छ। अभियोगको आधारमा केवल 6 घण्टाको अवधिमा भक्ति नगर थाना पुलिसले चोरी गरेको समानसहित 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरू क्रमैले पृथ्वी सोनार (21) र मोहम्मद शमीम (19) सामेल छन्। तिनीमध्ये पृथ्वी सोनार सालुगढा इलाका निवासी हुन् भने मोहम्मद शमीम भक्ति नगर थाना अन्तर्गत इस्कन रोडको अशरफ नगर इलाका निवासी हुन्। भक्ति नगर थाना पुलिस सूत्रले दिएको जानकारीअनुसार भक्ति नगर थाना अन्तर्गत प्रधान पाड़ा इलाका निवासी अरुण रायले जेसीबी वाहनमा लगाएको 65 किलोको चेन आयरन रोलर चोरी भएकोबारे भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका भक्ति नगर थाना पुलिसले उक्त दुईजना युवकलाई भक्ति नगर थाना अन्तर्गत पर्ने रेडियो सेन्टर इलाकाबाट पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *