चोरी भएको बहुमूल्य समानसहित पक्रा परे 2 जना

सिलगढी : सिलगढी नगरनिगमको 9 नम्बर वार्डमा भएको चोरीको घटनामा पुलिसले 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा बिट्टु अग्रवाल र मरियम खातुन सामेल छन्। स्मरण रहोस्, गत 29 जुनमा वार्ड नम्बर 9 स्थित एसपी मुखर्जी रोड इलाकामा निवासी मनिष अग्रवालको घरबाट लगभग 20 लाख रुपियाँको सुनको बहुमूल्य गर-गहनासहित केही हजार रुपियाँ चोरी भएको थियो। घटनाबारे मनिष अग्रवालले खालपाडा आउटपोस्टमा अभियोग दर्ता गरेपछि घटनाको जाँचमा जुटेका पुलिसले 24 घण्टाभित्रै बिट्टु अग्रवाल र मरियम खातुनलाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूबाट चोरी भएको सुनको गर-गहनासहित लगभग 75 हजार रुपियाँ उद्धार गरेको छ। आरोपी बिट्टु अग्रवाल मनिष अग्रवालको भाइ रहेको जान्नमा आएको छ। आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *