चोरी भएको बाइक उद्धार, एकजना पक्राउ

सिलगढी (निसं): एनजेपी पुलिसले चोरी गरेको बाइक सहित एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार हिज मंगलबार राजगञ्जको जीतुपाड़ा निवासी मोहम्मद अजगरको बाइक चोरी भएको थियो। यसबारे तिनले एनजेपी थानामा लिखित अभियोग गर्ता गरेका थिए। अभियोगको आधारमा सादा पोशाकमा एनजेपी पुलिसले मात्र 6 घण्टाको अवधिमा सिलगढी भक्तिनगर पाइप लाइनबाट चोरी भएको बाइक उद्धार गरेको छ। उक्त घटनामा सूरज सिंह उर्फ ​​ताना नामक युवकलाई पक्राउ गरेको छ। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *