चोरी भएको बाइक उद्धार

सिलगढी : पुलिसको तत्परतामा चोरी भएको बाइक उद्धार गरिएको छ। गत 10 नोभेम्बरको दिन सिलगढीको गेट बजार संलग्न पाइप लाइन इलाकाबाट एउटा बाइक चोरी भएकोबारे थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा एनजेपी थाना पुलिसले अभियान चलाएर एनजेपी इलाकाबाट विश्वजीत बर्मन नामक एकजना युवकलाई पक्राउ गरेर सोधखोज गरेपछि बापी रायबारे थाहा पाए। गत 31 दिसम्बरको राति पुलिसले अम्बिकानगरबाट बापी रायलाई पक्राउ गरेपछि अदलतमा पेश गरेर हिरासतमा लिएर केरकार गर्दा पुलिसले चोरी गरिएको बाइक उद्धार गरेको बताइएको छ। आज बापी रायलाई फेरि जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *