चोरी भएको फोन केही घन्टामा नै पुलिसले उद्धार गरेर सुम्पिदियो महिलालाई  

सिलगढी (निसं): सिलगढीको मतिगढा थाना पुलिसले अभियोगको आधारमा केही घन्टाको अवधिमा नै चोरी भएको मोबाइल फोन उद्धार गरेर त्यसको मालिकलाई फर्काइदिएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि मतिगढा इलाका निवासी अनिता नामक गरेका एकजना महिलाको फोन लगायत ब्याग जंक्शन इलाकामा टोटोबाट चोरी भएको थियो। यसपछि शनिवार महिलाले मतिगढा थानामा एउटा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेको मतिगढा थानाको पुलिसले सादा पोशाकमा मतिगढा बजार इलाकाबाट चोरी भएको मोबाइल फोन उद्धार गऱ्यो। यसपछि आज पुलिसले थानामा उक्त महिलालाई बोलाएर तिनको फोन फर्काइदिए। अर्कोतिर, मोबाइल फोन फिर्ता पाएपछि महिला धेरै खुश भइन्। महिलाले पुलिसलाई धन्यवाद प्रकट गरेका छन्।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *