चोरी भएको स्कुटी उद्धार, पक्रा पऱ्यो चोर

सिलगढी: एनजेपी पुलिसले चोरी भएको स्कुटी उद्धार गरेको छ।  यसको साथै उक्त घटनामा राजेश सिंह नाम गरेका युवकलाई पनि पक्राउ गरेको छ। पक्रा पर्ने युवक मतिगढा निवासी रहेको बताइएको छ। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार गत 2 मईको दिन एनजेपी थाना अन्तर्गत भालोबासा मोड़ इलाकाको एउटा घरबाट स्कुटी चोरी भएको थियो। उक्त घटना पछि स्कुटीको मालिकले एनजेपी थानामा यसबारे एउटा प्राथमिकी दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले शनिवार जोटियाकाली इलाकाबाट एकजना युवकलाई स्कुटी सहित पक्राउ गऱ्यो। पुलिस सूत्र अनुसार चोरी गरेको स्कुटी बिक्री गर्नको लागि जोटियाकाली इलाकामा लगिरहेका समय उक्त युवकलाई पक्राउ गरिएको हो।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *