सिलगढी : सिलगढी सहर लगायत यसको संलग्न विभिन्न ठाउँबाट हराएको तथा चोरी भएको मोबाइलहरू सिलगढी थाना पुलिसले उद्धार गरेको छ। ती उद्धार गरेका केही मोबाइलहरूको मालिकलाई चिन्हित गरेर आज पुलिसले तिनीहरूलाई सुम्पिदिएको छ। आज एउटा कार्यक्रमबीच पत्रकारहरूको उपस्थितिमा पुलिसले 13 वटा हराएको मोबाइल तथा 4 वटा चोरी भएको मोबाइलको मालिकहरूलाई सुम्पिदिएको छ। ती चोरी भएको तथा हराएका मोबाइलका मालिकहरूले आ-आफ्नो मोबाइल पुलिसको हातबाट पुनः प्राप्त गरेपछि खुशी व्यक्त गर्दै पुलिस प्रशासनका अधिकारीहरूलाई विशेष धन्यवाद दिएका छन्।
