सिलगढी : दोकानको टीनको छाना काटेर त्यहाँ राखेको मोबाइलहरू चोरी गरेको घटनामा पुलिसले 2 जना चोरलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरेपछि 5 दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेकाहरूमा राजु नन्दी (39) र विश्वजीत सेन (25) सामेल छन्। स्मरण रहोस्, केही दिन अघि प्रधान नगर थाना अन्तर्गत मोबाइल दोकानको टीनको छाना काटेर त्यहाँ राखेको मोबाइलहरू चोरी गरेको थियो।
उक्त घटनापछि दोकान मालिकले थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो बिहान देवीडाङ्गा इलाकामा अभियान चलाएर चोरी गरेको 14 वटा मोबाइल सहित 2 जना आरोपीलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।