चोरी गरेको 50 लाखको सैगुन काठ सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धेरै मात्रामा चोरीको सैगुन काठ सहित दुईजना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले साब्बिर हुसेन, मोहम्मद नासेरको रूपमा चिन्हित गरिएको छ। गोप्य सूत्रको आधारमा एनजेपी थाना पुलिसले हिजो अपरान्ह जटियाकाली इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा अधिक मात्रामा अवैध सैगुनको काठ उद्धार गरेको छ। जफत गरेको काठको अनुमानित बजार मूल्य लगभग 50 लाख रुपियाँ रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त काठ असमबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। घटनामा अन्य केही व्यक्ति सामेल रहेको हुनसक्ने अंशकामा पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *