चोरी गरेको 7 वटा टोटो सहित 3 जना पक्राउ

सिलगढी: सडकमा टोटो देख्न साथ चालक छेउछाउमा छ कि छैन भनेर यताउता हेरेपछि चालक नभएको खण्डमा चोरले टोटो लिएर चम्पट कस्ने गर्दथ्यो। सिलगढीमा धेरै दिनदेखि टोटोहरू चोरी भइरहेको थियो। गत 12 दिसम्बरमा डाबग्राम मातृसदन अघिबाट एउटा टोटो चोरी भएको थियो। घटनापछि टोटोको मालिकले थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका सिलगढी थाना पुलिसले 3 जना चोरलाई पक्राउ गर्नको साथै चोरी गरेको 7 वटा टोटो पनि उद्धार गरेको छ। सीसीटीभी क्यामाराको सहयोगमा पुलिसले जलेश्वरी इलाकाबाट अबिर गुह नाम गरेको एकजना युवकलाई पक्राउ गरेपछि तिनीसित सोधखोज गर्दा मैनागढीबाट श्यामल राय र प्रसनजीत रायलाई पक्राउ गरेको बताइएको छ। पुलिसले मैनागढीको दोमहनी इलाकाबाट चोरी गरेको 7 वटा टोटो पनि उद्धार गरेको छ। अबिरले सिलगढीको विभिन्न ठाउँबाट टोटोहरू चोरी गरेपछि मैनागढीमा लगेर बिक्री गर्ने गर्दथ्यो। अबिरले लगभग 30-40 हजार रुपियाँमा एउटा टोटो बिक्री गर्ने गर्दथ्यो। यसको साथै टोटोको नम्बर प्लेट पनि खोलिदिने गर्थ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *