चोरी गरेको आरोपमा 2 जना पक्राउ

सिलगढी : बाघडुग्रा थाना पुलिसले चोरी गरेको आरोपमा 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा क्रमैले आदित्य पासवान र प्रकाश पासवान सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति बाघडुग्रा थाना पुलिसले सिलगढीको देवीडाङ्गा इलाकामा अभियान चलाएर दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाक्रमअनुसार राङ्गापानीको एउटा चोरीको घटनामा दुईजना पक्राउ गरेको थियो भने पछि तिनीहरूलाई जमानतमा रिहा गरिएको थियो। यसपछि ती दुई युवकले फेरि बाघडुग्राको चोपुकुरिया अञ्चलको एउटा घरबाट सुनको बहुमूल्य गर-गहना लगायत नगद रुपियाँ चोरी गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.