चोरी गरेको आरोपमा एकजना युवक पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले चोरी गरेको आरोपमा कञ्चन बर्मन नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 19 फरवरीमा श्रीति झा मुखर्जीको ब्याग चोरी भएको थियो। श्रीति झा मुखर्जी मुख्य रूपमा दक्षिण दिनाजपुरको बालुरघाट इलाका निवासी हुन् भने तिनी भाईको बिहेमा सिलगढी शिव मन्दिरमा आएको समय तिनको ब्याग चोरी भएको बताइएको छ। घटनाबारे तिनले मतिगढा थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले मुख्य आरोपी कञ्चन बर्मनलाई पक्राउ गरेर सोधखोज गर्दा तिनले चोरी गरेको कुरा स्वीकारेका छन्। यसपछि पुलिसले चोरी गरेको ब्यागबाट 3 वटा डेबिट कार्ड, दुईवटा सुनको ब्रेसलेट,  केही नगद रुपियाँ लगायत अन्य सामग्रीहरू उद्धार गरेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *