चोरी गरेको बहुमूल्य सुन-चाँदीका गर-गहनाहरूसितै बिहारका दुईजना सिलगढीबाट पक्राउ

सिलगढी : मतिगढा पुलिसको एसआई बसुदेव गुहाको नेतृत्वमा पुलिस टोलीले अभियान चलाएर चम्पारन बिहारका दुईजना नूर मोहम्मद खान (54) र जाहिर खान (49)-लाई चोरी गरेको सुन-चाँदीका गर-गहनाहरूसितै पक्राउ गरेको छ। मतिगढा पुलिसले पेट्रोलिङ गरिरहेको समय एउटा बिहार नम्बरको संदिग्ध स्कर्पियो वाहन (BR 06 PF 2691)-लाई रोकेर वाहनमा सवार भएकाहरूसित सोधखोज गर्दा तिनीहरूले इमान्दारीपूर्वक सर्वप्रथम आफ्नो आईडी प्रमाणपत्र पुलिसलाई देखाए। तथापि, पुलिसलाई तिनीहरूमाथि आशंका लागेपछि तिनीहरू अस्थायी रूपमा बस्ने भाडाको घरमा लैजाने निर्देश दिएपछि पुलिस पनि तिनीहरूको साथमा गए। तिनीहरू बस्ने घरको छेउ पुगेपछि वाहनबाट ओर्लिएर तिनीहरू भाग्ने प्रयास गरे तापनि अन्तमा पुलिसको तत्परताले तिनीहरूमध्ये दुईजनालाई पक्राउ गरेको छ। यसपछि तिनीहरू बस्ने कोठामा छानबीन गर्दा पुलिसले धेरै मात्रामा सुन-चाँदीका बहुमूल्य गर-गहना, चाबीको गुच्छा तथा ताला भत्काउने सर-समानहरू उद्धार गरे। यसपछि पक्रा परेका आरोपीहरूसित सोधखोज गर्ने क्रममा उक्त बहुमूल्य सुन-चाँदीका गर-गहनाहरूबारे पुलिसले पत्तो लगायो। प्राप्त जानकारीअनुसार तुम्बाजोत नजिक एउटा सुनको दोकानबाट उक्त सुन-चाँदीका गर-गहनाहरू चोरी भएको थियो। दोकानमा चोरी भएको थाहा पाएपछि पुलिसले तत्कालै घटनास्थलमा गएर यसबारे विस्तृत जानकारी लिनको साथै नजिकैमा रहेको सीसीटीभीको फुटेज खोतले। उक्त सीसीटीभीको फुटेज अनुसार चोरी गरेर उक्त व्यक्तिहरू घटनास्थलबाट चम्पट कसेको थाहा पाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *